| Thursday 21st June 2018

देशभर रेबिजविरुद्धको भ्याक्सिन अभाव, सरुवारोग नियन्त्रण विभागमै छैन औषधि


काठमाडौं, १८ साउन – विभिन्न जिल्लाका सरकारी अस्पतालहरुमा रेविज विरुद्धको भ्याक्सिन अभाव देखिएको छ ।

घरपालुवा तथा छाडा छोडिएका जनावरको टोकाइको सिकार बनेकाहरु अस्पताल आउने क्रम बढेको छ । तर जिल्ला अस्पतालहरुमा भने रेविज विरुद्धको सुइ (एन्जीरेविज भ्याक्सीन )को अभाव देखिएको हो । जिल्लामा रेविज विरुद्ध लगाईने खोप गत साउन १ गतेबाटै अभाव भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्ण उपे्रतीले जानकारी दिए ।

खोप सकिएपछि लिनकोलागि काठमाडौंको सरुवारोग नियन्त्रण विभागमा आइपुगेका उप्रेतीले लोकान्तरसंग भने,‘ कुकुर बाँदर तथा अन्य जनावरले टोकेका विरामीहरु अस्पतालमा आउँछन् । अस्पतालमा भ्याक्सिन सकिएको छ, भ्याक्सिन सकिएपछि लिन आएको यहाँ पनि छैन रैछ । धादिङमा मात्र हैन अन्य जिल्लाहरुमा पनि अहिले भ्याक्सिन अभाव छ ।’

सरकारले निशुल्क वितरण गर्ने भ्याक्सिन सकिएपछि विरामीहरुले निजी अस्पतालबाट किनेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

सरुवा रोग नियन्त्रण विभागका निर्देशक डा. भिम आचार्यले सरकारी अस्पतालमा भ्याक्सिन नयाँ आर्थिक वर्षको समय भएकाले साउनमा आपुर्ति नभइसकेको बताए । जिल्लाहरुबाट आउने स्वास्थ्यकर्मीहरुलाई विभागमा स्टक रहेको भ्याक्सिन पठाइएको तर चाहेजति भने पठाउन नसकिएको उनले जानकारी दिए ।

‘अब एक सातामा चाहिँ रेविजको भ्याक्सिनको अभाव हुँदैन,’ उनले भने, ‘त्यसपछि सबै जिल्लाहरुमा चाहेजति भ्याक्सिन पठाउछौं ।’

नेपालमा रेविज विरुद्धको भ्याक्सिन मासुमा लगाउने गरिएको भएपनि यस वर्षबाट छालामा लगाउन परिक्षण गरिरहेको पनि डा.आचार्यले जानकारी दिए ।

उनले लोकान्तर संग भने, ‘विश्व स्वास्थ्य संगठनमा आवद्ध ११ वटा मुलुकमा छालाबाट नै औषधी दिइन्छ । नेपालमा भने यस वर्षबाट यसको प्रयास भएको छ ।’

काठमाडौंको टेकु अस्पतालबाट यसको परिक्षण सुरु गरिएको भन्दै भ्याक्सिन सबैभन्दा धेरै खपत हुने बुटुवल, लुम्विनी र भरतपुरुमा साउनको महिनासंम्ममा छालाबाट भ्याक्सिन दिन सुरु गरिने आचार्यको भनाइ छ । सो भ्याक्सिन मासुबाट लगाउदा धेरै प्रयोग हुने भएकाले यो विधि सुरु गर्न लागिएको हो ।

पछिल्लो समय जनावरको टोकाइको कारण रेविज रोगका विरामीहरु बढेका छन् । टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक एक सय ५० भन्दा बढि नयाँ विरामीहरु आउने गरेका छन् ।

अस्पतालमा नियमित भ्याक्सिन लगाउन आउनेहरु पनि ४ सय भन्दा बढि छन् । धेरै जस्तो कुकुर, विरोलो, स्याल र जंगली जनावरले टोकेका विरामीहरु आउने गरेको स्पतालका डा.शेख बहादुर पुनले जानकारी दिए ।
पछिल्लो समय घरमै पालेको कुकुरले टोकेर उपचारको लागि विरामीहरु आउने क्रम बढेको भन्दै उनले भने, ‘घरपालुका जनावर पाल्दा ध्यान दिनुपर्छ । घरमै पालेको जनावरलाई समय समयमा भ्याक्सिन दिएको छैन भने रेविज लाग्न सक्छ ।’

मानिसहरुमा ज्ञानको कमिले भन्दा पनि आफ्नो स्वास्थ्य प्रति गम्भीर नहुदा सरुवा रोगहरुको संक्रमण नघटेको डा. पुनको भनाइ छ ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

सन्ध्या जोशी : कलेज टप गरिन् तर ‘नेपाल आइडल’ मा चुकिन्

लगभग छ महिना अघिसम्म सन्ध्या जोशीलाई कमैले चिन्थे । कैलालीको धनगढीतिरका केही संगीतप्रेमी र...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...