| Saturday 26th May 2018

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट विदा लिएका छन् । कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका छन् ।

नेयमारका अनुसार उनका बुबाले बार्सिलोना छाडोस् भन्ने चाहेका थिएनन् । तर, बाबुको सहमति विना आफूले दोस्रो पटक निर्णय लिएको उनले भिडियो सन्देशमा उल्लेख गरेका छन् ।

नेयमारले आफ्नो सन्देशमा मेस्सीको पनि प्रसंसा गरेका छन् । उनले भनेको छन्, ‘मलाई विश्वास छ, मेरो जीवनमा मैले उनी जस्तो मानिस अर्को देख्ने छैन । लिओ मैदान भित्र र बाहिर पनि मेरो साथी बने । उनीसँग खेल्न पाउनु मेरो लागि सम्मान थियो ।’‘कुनै पनि खेलाडीलाई चुनौती चाहिन्छ’ उनले भनेका छन्, ‘पापा, म तपाईको विचारको सम्मान गर्छु । तर, मैले निर्णय लिएँ र सदाझै सहयोगका लागि आग्रह गरेँ ।’

मेस्सी र स्वरेजसँग मिलेर कीर्तिमान बनाएको भन्दै उनले त्यो क्षण अवस्मरणीय भएको बताएका छन् ।

म बार्सिलोना र क्याटलानलाई माया गर्छु, उनले भनेका छन् ।

नेयमार अब पेरिस सेन्ट जर्मेन गइसकेका छन् । उनले भने, नयाँ उपलब्धी हासिल गर्न र टिमले चाहेको सफलतामा सघाउन मैले पीएसीको प्रस्ताव स्वीकार गरेँ ।’

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कीर्तिमानी मूल्य २२० मिलियन युरोमा नेयमारलाई अनुवन्ध गरेको हो । यससँगै उनले अब बार्षिक ४५ मिलियन युरो कमाउनेछन् ।

२०७४ साउन २० गते ९:११ मा प्रकाशित

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...