| Saturday 26th May 2018

बुटवलमा आधुनिक सुविधा सहितको होटल एभिन्यु संचालनमा

रुपन्देहीमा होटल तथा पर्यटन प्रर्बधनको क्षेत्रमा नयाँ नयाँ सुविधाहरु सहितका होटल थपिने क्रम जारी छ । यस क्रममा थप एक नयाँ होटल होटल एभिन्यु प्रा. लि. संचालनमा आएको छ ।
पश्चिम नेपालको व्यापारीक केन्द्र बुटवलको गोलपार्कमा अवस्थित यो होटल एभिन्यु प्रा.लि. विभन्नि योजना सहित करिब ५० करोडको लगानी रहेको कम्पनीका अध्यक्ष भिमलाल न्यौपानेले जानकारी दिनुभयो ।
यस कम्पनीले विभिन्न योजना सहित अन्र्तराष्ट्रिय सुविधा लिएर रुपन्देही जिल्लाको बुटवल नगरीभित्र अन्य होटलहरु भन्दा थप सेवाहरु लिएर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउने उद्देश्य राखेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीेले यस्ता होटलहरुले यस क्षेत्रको रोजगार बृद्धिसंगै पर्यटन विकासमा टेवा पु¥याउने बताउनु भयो ।


हाल यो होटलमा ७ सय जना सम्म अट्ने सेमिनार गर्न सकिने ४ वटा हल र एभिन्यु भ्यु सहित पुरा बुटवल सहर र प्रत्यक्ष भ्यु हेर्न सकिने, ३ वटा रेष्टुरेन्ट, ४५ वटा लग्जेरी रुम सहित बुटवल नगरलाई लक्षित गरी बाल्कोनी सहितका कोठा, बिजनेश स्वीट, एभिन्यु स्वीट, हनिमुन स्वीट सुपेरियर देखि डिलक्स, सुपर डिलक्स र कर्पोरेट जस्ता रुम सहति २ सय कार पार्क गर्न मिल्ने प्रसस्त पार्किङ्ग क्षेत्र भएको, खाद्य गुणस्तर पस्कने कुरामा यस रुपन्देही जिल्ला भित्र अरुको भन्दा फरक स्वाद र उच्च स्तरीय व्यवस्थापन सहित नेपाली, इण्डियन, चाइनिज, थाई, कन्टिनेन्टल र सि फुड सहित ग्राहकहरुमो मन लोभ्याउने खालका विभिन्न स्वदेशी र विदेशी परिकार सहित टुर्स उण्ड ट्राभल्स, कफी सप जस्ता योजना र भविष्यमा स्वीमिङ्ग पुल, जिम हाउस, स्पा हेल्थ क्लब बजारमा ल्याउने तयारी गरेको छ ।

होटल एभिन्यू प्रा. लि. ले महिला, आदिवासी, जनजाती, अपाङ्ग लगायत समावेशीताको आधारमा करिब ४५ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगार दिएको जनाएको छ । सन्जु पौडेलको संचालनमा भएको कार्यक्रममा होटल संचालक सरस्वती न्यौपाने, म्यानेजर विजय कडेंल, युवराज पाण्डे, सल्लाहाकार केशव पन्थि लगायतको उपस्थिती रहेको थियो ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...