| Saturday 26th May 2018

सिन्दूरले यसरी रंगियो मध्यपुर

भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीबासीले एकअर्कामा अबिर दलेर सिन्दूर जात्रा मनाउँछन् ।
मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।

थिमीमा २३, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ गरी ३२ वटा खट सहभागी भई परम्परागत रूपमा विभिन्न देवीदेवताको नेतृत्वमा जात्रा निकालिन्छ । थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा जात्रा निकालिन्छ ।

बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउने गरिन्छ । जात्रा प्रत्येक चोक र घरमा पुग्दा झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने र फूल बर्साएर स्वागत गर्ने परम्परा छ । जात्रामा नेवारी बाजाको तालसँगै नाच्ने पनि गरिन्छ ।
सिन्दूर जात्रापछि जिब्रो छेड्ने पराम्परा छ ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...