| Saturday 26th May 2018

कसैले घुस माग्यो ? अख्तियारको टोलफ्री नम्बर १०७ मा फोन गर्नुस !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ ।

आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ ।

आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ । ‘अन्य नम्बरमा फोन गर्दा पैसा लाग्छ, झन्झटिलो हुन्छ, त्यसैले कुनै गुनासो भए १०७ नम्बरमा निःशुल्क गर्न सकिन्छ,’ उनले भने ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...