| Saturday 26th May 2018

संघसंस्था नविकरण नगरेको बिरोधमा आन्दोलन

बुटवल, बैशाख । सरकारले यातायात व्यबसायीका संस्था नविकरण नगरेको बिरोधमा यातायात व्यबसायी महासंघले आन्दोलनको घोषणा गरेको छ ।महासंघले बुधबार सात वटै प्रदेशमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको संयुक्त आन्दोलन मुल समितिले आज संयुक्त आन्दोलनको तयारी, भोली सात गते प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेशका मुख्य मन्त्री र प्रदेशका विभागीय मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको पाँच नम्बर प्रदेशको बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश संयोजक डिलबहादुर ढुंगानाले बताउनु भयो ।

त्यस्तै संस्था नविकरण नगरेको बिरोधमा ८ गते सार्वजनिक सवारी साधनमा कालो झण्डा राख्ने, ९ गते राजनीतिक दलका नेतृत्व तथा यातायात विभाग हेर्ने नेतालाई ज्ञापन पत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोण सभा गर्ने, १२ र १३ गते रुटमा बिना समय गाडी सञ्चालन गर्ने, १४ र १५ गते सवारी साधनलाई क्यु फ्रि छोड्ने, १६ गते सबै यातायात कार्यालयहरुमा घेराउ गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी गराउनु भयो ।

संघर्ष समितिले यहि बैशाखको १७, १८ र १९ गते प्रचार प्रसार गर्ने, २१ गते सवारी साधनलाई घर ग्यारेजमा थन्क्याउने सम्मका पहिलो चरणका आन्दोलनका कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । त्यस्तै २२ गते संयुक्त संघर्ष समितिको बैठक बसि थप संघर्षका कार्यक्रम तय गर्ने तथा संघर्ष समितिबाट अर्को जानकारी आएसम्म २७ गतेदेखि सबै सार्वजनिक सवारीका साधनहरु घर ग्यारेजमा थन्क्याईने प्रदेश पाँचका संयोजक ढुंगानाले जानकारी गराउनु भयो ।

सरकारले ल्याएको निर्देशिकामा संघसंस्था नविकरण नगर्ने कुराले घुमाउरो रुपमा संघसंस्था खारेज गर्न खोजेको बताउँदै महासंघका संल्लाहकार तथा पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधिराम खरेलले संविधानमा मौलिक हक अधिकार संरक्षण गरिने उल्लेख भएपनि संघ संस्था खोल्न र सञ्चालन गर्न पाउने नागरिकको मौलिक हकमाथि सरकारले हस्तक्षप गरेको आरोप लगाउनु भयो ।

संघसंस्था नविकरण नगरेर सरकारले घुमाउरो रुपमा संघसंस्था खारेज गर्न खोजेको बताउँदै प्रदेश पाँचका सहसंयोजक तथा पश्चिमाञ्चल यातायात व्यबसायी समितिका निवर्तमान अध्यक्ष लोकराज पोखरेलले यातायात व्यबसायीलाई सरकारले जवरजस्ती रुपमा कम्पनीमा लैजान खोजेको बताउनु भयो ।उहाँले यातायात व्यबसायी सरकारका बिरुद्धमा आन्दोलन नभई हातेमालो गर्न चाहेको बताउँदै यातायात व्यबसायीलाई संरक्षण गर्ने गरि नीति ल्याउन आग्रह गर्नुभयो ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...