| Saturday 26th May 2018

लुम्बिनीमा अत्याधुनिक सभा हल

लुम्विनी, वैशाख । लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभा हलको शिलन्यास गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा सभाहलको शिलन्यास गर्नुभएको हो ।
२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गर्नुभएको हो । यसअघि आइतबार नै प्रधानमन्त्री ओलीबाट सभा हलको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको थियो । तर, प्रधानमन्त्री ओली प्रदेश ५ को संसद बैठकमा विशेष सम्बोधन र लुम्बिनी विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदा समय अभावका कारण शिलान्यास कार्यक्रम सोमबारलाई सारिएको थियो । सोमबार राष्ट्रप्रमुख नै लुम्विनीमा उपस्थित भएपछि सभा हलको शिलन्यास राष्ट्रपतिबाट गराइएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी गराउनुभयो ।
कोषका अनुसार कुल ५ हजार मानिस अटाउन सक्ने क्षमताको सभाहल एशियाकै नमूना हुने छ । करिब ४० करोडको लागतमा बन्ने यो सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।यो सभाहलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ ।हललाई आवश्यकताअनुसार सानो–ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले बताउनुभयो । सभाहल निर्माणको जिम्मा अनक÷अर्घाखाँची÷बाबुल जेभीले पाएका छन् ।
दुई वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले कार्यक्रम बिथोलिएपछि त्यतिबेलै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको थियो । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि मात्र शिलन्यास गरिएको कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषले तीनहजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने यसैवर्ष बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभा हलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना गरिएको थियो ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...