| Saturday 26th May 2018

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो पश्चाताप यहि रहेछ भनेर ६९ वर्षिय बृद्ध रोइरहेका थिए । हामिले ती बृद्धलाई किन रोइरहनुभएको छ भनेर प्रश्न गर्दा बाबु मेरो कमाउने छोरो उपचारको लापरवाहिका कारण मृत्युको मुखमा पुग्नुपर्यो भनेर झनै रोइरहे । उनि आफै रोगि र अशक्त थिए । आफ्नै छोराको मृत शरीर देख्दा जिवनको सबैभन्दा दुखद क्षण भएको उनले बताउँदै मेरो छोरा लाई उपचारमा लापरवाहि गर्ने त्यो सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भनेर आँखा बाट बरबरी आँसु झार्दै थपे ः “मैले के गल्ती गरेछु आज नाति टुहुरो भयो अब यसलाई लालन पालन गर्ने पढाउने काम कसले गर्ला म आज हो कि भोलि हो त्यो हस्पीटलको लाइसेन्स खारेज होस ”
यहि बैशाख २७ गते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० का स्थायी निवासि रामु चुँदालीको भैरहवाको सिटी हस्पीटलमा रातको १० बजे उपचारको लापरबाहिका कारण मृत्यु भएको भनेर परिवार स्थानिय समाजले अर्को दिन शव नउठाउने शंकल्प गरेको थियो तर अशक्त बुवा र आमा झनै पीडित हुने र अवस्था नाजुक हुने भएका कारण बिहान सवा आठ बजे हस्पीटल बाट परिवारले शव उठाएको थियो ।
यस्तो थियो घटनाको विवरण
लुम्बिनी सांस्कृतिक नगरपालीका वडा नं १० निवासि ३६ वर्षका रामु चुँदाली २६ गते बुधबार मुटु दुख्यो भनेर आफै भैरहवामा अवस्थीत सिटी हस्पीटलमा चेक गर्न आएका थिए हस्पीटलमा ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर घर पठाएको थियो । त्यसपछि घर गई बेलुका खाना खाइसकेपछि मुटु दुख्न थाल्यो औषधि खाएपछि ठिक होला भनेर अर्को दिन साँझ औषधि खाएको ५ मिनेट पछि धेरै मुटु दुख्यो भनेपछि परिवारले दौडाएर हस्पीटल ल्याई डा.ले उपचार गर्ने क्रममा दुई वटा सुई लगाई औषधि खुवाएको करिब २० मिनेट पछि बिरामिको मृत्यु भएको बिरामिका दाजु दुर्गा बहादुर चुँदालीले बताए ।
मृतककी दिदि गायत्रि चुँदालि श्रेष्ठले अस्पतालको चरम लापरवाहि भएको बताउँदै भनिन ः “ दाई त गयो मैले घरमा बाबा बहिनिलाई सम्हाल्न सकेन यो पीडा हामिले भोगिम यस्तो दर्दनाक पीडा अरुको दिदी बहिनि, बुबा आमाले भोग्न नपरोस, सञ्चो होला भनेर हस्पीटल जाने हो कि ? मान्छे मार्न खोलेको हस्पीटल हो ? ”
मृतक कि श्रीमति दिपा चुँदालि क्रिया बसेको अबस्था बाटै आँखा बाट आँसु झार्दै अस्पतालको चरम लापरवाहिका कारण यो अवस्थामा आएको बताइन ।
मृतकका ठुलो बुवाका छोरा कृष्ण चुँदालीले राज्यका सम्बन्धीत निकायबाट यसको सम्बन्धमा छानबिन हुन जरुरी भएको बताउँदै उक्त हस्पीटलबाट उपचार गर्न गएका लगभग एक दर्जन बिरामिको आज सम्म मृत्यु भएको आफुलाई जानकारी भएको र हस्पीटलले पटक पटक पीडितहरु संग सम्झौता गर्दै अब उपरान्त यस्तो घटना दोहोरिने छैन भनि कागज गर्ने तर त्यो पालना नहुने गरेको बताए ।
अस्पताल प्रशासन के भन्छ ?
सिटी हस्पीटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जुन कुराहरु बाहिर आएको छ त्यो सरासर गलत भएको बताउँदै तथ्य परक नभएको कुरा आएको छ एउटा व्यक्तिले भनेको कुरा मात्र आएको बताए । मुटु दुखेको बिरामीलाई ग्यास्टीकको औषधि दिनुभएछ नि भन्ने प्रश्नमा उनले त्यो विषयमा भोली कुरा गर्छु अस्पताल आउनुस भन्दै त्यो डा.हरुको कुरा हो सबै हामिलाई थाहा हुँदैन नि भने ।
पिडितले न्याय पाउलान कि नपाउलान ?
उता पिडित पक्षले शव लिएर घर गइसकेपछि त्यो कुरा केहि त सेलाएको छ र पनि अब यस्ता पिडित व्यक्तिलाई सरोकारवाला निकाय सम्बन्धीत पक्षले उचित क्षतिपूर्ति सहित न्याय कस्तो दिने हो त्यो हेर्न बाँकि नै छ ।

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...