| Saturday 26th May 2018

विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव

बुटवल, २९ बैशाख । स्थानीय न्यायिक समिति तथा उसको अंगको रुपमा रहेको स्थानीय मेलमिलाप केन्द्रमा विवाद समाधानकालागि कानुनी ज्ञानको अभाव खड्कीएको छ । न्यायिक समिति तथा स्थानीय मेलमिलाप कर्तालाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको बताउँदै सम्मरीमाई गाउँपालिकाका प्रमुख जितेन्द्रनाथ शुक्लले कानुनी अधिकृतको आवश्यकता रहेको बताउनु भयो । उहाँले कानुनी ज्ञान बिना विवाद निरोपण गर्दा त्यसको दुष्परिणाम जनताले नै भोग्नु पर्ने भएकाले जनतालाई सहज, सुलभ र निष्पक्ष न्यायकालागि गाउँपालिकामा कानुनी अधिकृत अनिवार्य भएको बताउनु भयो । प्रायः स्थानीय...

कसैले घुस माग्यो ? अख्तियारको टोलफ्री नम्बर १०७ मा फोन गर्नुस !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ । आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिए । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको...

प्रदेश पाँचमा अधिकारी ट्रेड युनियन

नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको प्रथम अधिवेशनबाट मुकुन्द अधिकारीको अध्यक्षतामा प्रदेश कार्यसमिति चयन गरिएको छ । गत शुक्रबार दाङ्को लमहीमा भएको अधिवेशनबाट अध्यक्ष पदमा ११० मतसहित अधिकारी निर्वाचित हुनु भएको हो । अर्का प्रत्यासी रेश्मीराज गैरेले ७९ मत प्राप्त गर्नुभएको थियो । नेपाल ट्रेड युनियन काँग्रेसको प्रदेश पाँचको अधिवेशनमा १२ जिल्लाबाट २१० जना प्रतिनिधि थिए । जसमध्ये १९९ मत खसेको थियो । कार्यसमितिको दुई खुल्ला उपाध्यक्ष पदमा १०५ मत सहित कृष्णप्रसाद वेल्वासे र ९८ मत सहित युवराज बस्नेत,...

पाँच नम्बर प्रदेश खोई कांग्रेसको कार्यालय ?

बुटवल, बैशाख । पाँच नम्बर प्रदेश सभाको बैठक सुरु भएको ढाई महिना र प्रदेश सरकार गठन भएको २ महिना भइसक्यो । सरकारले प्रदेशको केन्द्र बुटवलमा तोकेपछि प्रदेशका अस्थायी संरचना तयार भएर प्रदेश सरकारले काम कारवाही अंगाडी बढाईरहेको छ । तर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै आफ्नो प्रदेश कार्यालय स्थापना गर्न सकेको छैन ।नेपाली कांग्रेसको अहिलेसम्म प्रदेश संरचना र समिति बनेको छैन । त्यसको लागि विधान संसोधन हुनुपर्छ । तर प्रदेशको अस्थायी वा सम्पर्क कार्यालय खोल्न खासै कठीनाई...

मुख्यमन्त्रीले भने : ‘सहकारी संघियताको अभ्यासमा छौ

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघियता राज्यको चरित्र नभई शासन प्रणालीको अभ्यासमात्रै भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा ५ नं। प्रदेश समितिले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा दिएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।संविधान निर्माणअगावैदेखी संघियताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रमअनुसार देशभरका प्रदेश कार्यालय र मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाईएको हो । संविधान कार्यान्वयन भैरहँदा यसको लागी जनमोर्चाले सकारात्मक भूमिका खेलेको भएपनि संघियताले देशको भलो नहुने र यसको खारेजको मागमा जनमोर्चा अडिग रहेको उल्लेख...

सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो । संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा हुनुहुन्थ्यो ।नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट विदा लिएका छन् । कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका छन् । नेयमारका अनुसार उनका बुबाले बार्सिलोना छाडोस् भन्ने चाहेका थिएनन् । तर, बाबुको सहमति विना आफूले दोस्रो पटक निर्णय लिएको उनले भिडियो सन्देशमा उल्लेख गरेका छन् । नेयमारले आफ्नो सन्देशमा मेस्सीको पनि प्रसंसा गरेका छन् । उनले भनेको छन्, ‘मलाई विश्वास छ, मेरो जीवनमा मैले उनी जस्तो मानिस...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ । स–साना पहिरोले दाउन्नेका सडक अवरुद्ध भइरहेका बेला तीन दिनदेखिको लगातारको वर्षाले दाउन्नेको एस मोडमा ठूलो पहिरो गएको हो ।पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बर्दघाट प्रहरीले जनाएको छ । पहिरो हटाई यातायात सुचारु गराउनका लागि रातिदेखि नै सडक डिभिजन कार्यालयको डोजरले काम गरे पनि पानी परिरहेको र पहिरो खसिरहेका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाउन्नेमा...

कसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु ?

२० साउन, काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही...

ऋण बोकेर जापान, मृगौला फेल भएर घर

गुल्मी, १९ साउन – आफ्नो भविष्य र परिवारको खुसीका लागी ०७३ साउन ४ गते जापान गएका रुरु गाउँपालिका १ रिडीका ३१ बर्षिय धिरज श्रेष्टले मृगौला फेल भएर घर आउँला भनेर कल्पना गरेका थिएनन । सामन्य परिवारका धिरज १२ लाख गाउँमा क्रृणधन गरेर जापान गएका थिए । तर सात महिनामै फर्किनुपर्ने अवस्था आयो । घरेलु कामदारको रुपमा उनी जापान गएका थिए । शुरुमा निरन्तर खोकी लोपछि श्रेष्टले जापानको आशा कित्ता अस्पतालमा चेकअप गराएका थिए । फागुन दोस्रो साता चेक जाँच गराउँदा...

 सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस

सिटी हस्पीटलको लाइसेन्स खारेज गरियोस भैरहवा, बैशाख २९ । मेरो जिवनको सबै भन्दा ठूलो...

मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि

भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु...

नवलपरासीको दाउन्नेमा पहिरो, ८ घन्टादेखि यात्रु अलपत्र

२० साउन, नवलपरासी । नवलपरासीको दाउन्ने एस मोडमा गएराति ठूलो पहिरो खसेपछि सवारी आवागमन...

बार्सिलोना छाडेपछि नेयमारको भावुक विदाइ सन्देश

२० साउन, काठमाडौं । कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका नेयमारले भावुक सन्देशसहित बार्सिलोनाबाट...

  • little buddha
  • kings
  • add
  • add
  • © 2014 Lumbini News. All Rights Reserved...